दफा ६०३
ढुवानीकर्ताको दायित्वः

(१) ढुवानीको लागि वस्तुको धनीसँग बुझिलिएको वस्तु सही अवस्थामा ढुवानी गरी निर्धारित स्थानमा पुर्याउने दायित्व ढुवानीकर्ताको हुनेछ ।
(२) ढुवानीको लागि वस्तुको धनीसँग बुझिलिएको वस्तु हराएमा, नासिएमा, टुटे फुटेमा, बिग्रिएमा वा हानि, नोक्सानी भएमा वा अन्य कुनै किसिमबाट सही अवस्थामा निर्धारित स्थानमा नपुगेमा ढुवानीकर्ता जवाफदेही हुनेछ ।
(३) ढुवानीकर्ताले करारमा उल्लेख भएको समयभित्र र करारमा ढुवानी गरिसक्नु पर्ने समय उल्लेख नभएकोमा मनासिब समयभित्र वस्तु ढुवानी गरी वस्तुको धनी, निजको प्रतिनिधि वा निजले तोकेको व्यक्तिलाई बुझाउनु पर्नेछ ।